ताजा अपडेट »

निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक

आइतबार, १७ बैशाख २०८०

काठमाडौँ । प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ ।