बुटवल । जल तथा मौसम विज्ञान विभागले देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बुटवलसहित देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रिमनसुन चलिरहेकाले पानी रोकिने र पर्ने क्रम चलिरहेपनि बादल भने लागिरहने बताइएको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया