ताजा अपडेट »

वर्षाको कारण नेपाल र कुवेत बीचको खेल रोकियो, स्थगित भए के हुन्छ ?

शनिबार, १६ बैशाख २०८०

बुटवल । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको शनिबार जारी नेपाल र कुवेत बीचको खेल वर्षाका कारण रोकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाएर २३ ओभर २ बल खेल्दै १४१ रन जोडेको छ ।

ओडिआई वरियता टोलीमा नेपाल ओमान र युएईभन्दा माथि छ । नेपालको वर्तमान ओडिआई वरियतामा १४ औं स्थानमा छ । ओमान १८ औं र युएई १९ औं स्थानमा ओडिआई वरियतामा छन् । त्यसैले यदि वर्षाको कारण सेमिफाइनल र फाइनल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण च्याम्पियन बन्दै सोझै एसिया कप खेल्न पाउनेछ ।

आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा प्रिमियर कपको विजेताले पाकिस्तान र भारतसँग खेल्न पाउनेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । इमर्जिङ टिम्स एसिया कपमा भने भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका यू–२३ को टोली हुनेछ ।