ताजा अपडेट »

तिनाउको दोभान माविमा हिरक महोत्सवको तयारी सुरु, पूर्व विद्यार्थी समाज गठन

शुक्रबार, १५ बैशाख २०८०

बुटवल । पाल्पाको तिनाउ-२ मा अवस्थित दाेभान माध्यमिक विद्यालयले आफ्नो हिरक महोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ । विद्यालयले आगामी मंसिर २१ गते महोत्सव मनाउनेगरी अहिलेलेखि नै तयारी सुरु गरेको हो ।

सोही अवसरमा शुक्रबार पूर्व विद्यार्थीहरुकाे भेला आयाेजना गरि विभिन्न विषयमा छलफल गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए । छलफलमा महोत्सव सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उप समिति गठन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा अन्य प्राविधिक विषयहरुमा समेत छलफल गरिएको शिक्षक गाेपाल के सीले बताए ।  शुक्रबार आयोजित छलफल कार्यक्रममा स्वागत गर्दै चक्रब्युह थापाले महोत्सव तयारीको कार्योजना प्रस्तुत गरेका थिए ।

भेलामा पूर्व विद्यार्थी तथा पूर्व प्रधानाध्यापक अमरसिंह प्रधान, प्रेम प्रसाद भट्टराई, टंकनाथ बस्याल, विष्णुप्रसाद पाण्डेय तथा विकास अर्यालले शुभकामनासहित कार्यक्रम सफलताकम लागि विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । यसैगरी साेही भेलाले विकास अर्यालकाे संयाेजकत्वमा पूर्व विद्यार्थी समाज गठन गरेकाेछ। यसैबीच कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रयाेगात्मक विधि अन्तर्गत खाजा तयार पारी स्टलबाट बिक्री गरेका थिए । पुर्व विद्यार्थी शान्ति राउतले विद्यालयकाे लागि ११ हजार १११ रुयैयाँ सहयोग गर्ने सोही कार्यक्रममा घाेषणा गरिन् ।