ताजा अपडेट »

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौं, । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुुवाएका हुन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।