ताजा अपडेट »

कर्मचारी एसोसियसनको स्थापना दिवसमा बुटवल इकाइबाट सेवाग्राहीलाई सम्मान

शुक्रबार, १५ बैशाख २०८०

बुटवल। नेपाल नगरपालिका कर्मचारी एसोसियसनको २६ औँ स्थापना दिवसको अवसरमा आज बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सेवा लिन आउनु हुने पहिलो सेवाग्राही राजेन्द्र पौडेललाई नेपाल नगरपालिका कर्मचारी एसोसियसन इकाइ बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।

एसोसियसनको क्यालेन्डर सहित खादा डायरी र मायाको चिनो सहित बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रिय महासचिव सितु प्रसाद श्रेष्ठ र बुटवल उपमहानगरपालिकाका ईकाइ अध्यक्ष अनिल माण्डव्य संयुक्त रुपमा सेवाग्रही पौडेललाइ सम्मान गरेका थिए । सो सम्मान कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रिय सदस्य ज्ञान प्रसाद अर्याल समेत उपस्थिती रहेको थियो ।

२६ औँ स्थापना दिवसको उपलक्षमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संगठनका महासचितब श्रेष्ठले स्थानीय तहमा कार्यरत कर्मचारीहरुका साझा पेशागत हित स्थापनार्थ स्थापित संगठनले बिगत २५ वर्षदेखि निरन्तर कर्मचारीहरुका माग र मुद्दाहरुको उठान गर्दै आएको बताउँदै आगामी दिन समेत संगठन अझै थप सशक्त र उर्जावान हुदै अगाडी बढाउने शुभ भावना व्यक्त गरे।

उनले संगठनले आफ्नो स्थापनाका सफल २५ औँ वर्षहरु पुरा गरेको र स्थापनाकालको तुलनामा आजको परिस्थिति निकै बदलिएकोले संगठनमा चुनौती थप हुदै गएको बताए । सम्मान कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका बुटवल उपमहानगरपालिका इकाइ सचिब रेश्मीराज धिमिरेले गरेका थिए ।