ताजा अपडेट »

सुत्नु अघि अनुहारमा लगाउननुहोस यी २ चिज, दाग धब्बा गायब हुन्छन्

शुक्रबार, १५ बैशाख २०८०
2 Shares

काठमाडौं । आफनो मुहार सुन्दर बनाउनका लागि महिलाहरुले धेरै कार्यहरु गरिरहेका हुन्छन, ताकी आफनो मुहार अझै निखार र सुन्दर देखियोस् । 

यसका लागि उनीहरुले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् । तर, तपाईलाई यो थाहा नहुन सक्छ कि आफनै घरमा भएका सामाग्रीहरु प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ । त्यसका लागि तपाईले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्नु हुन्छ । 

कागतीमा भिटामिन सी पाईन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ ।

आउनुहोस, जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसवाट हुने फाईदाका बारेमा ।

मुहारमा कागती र टमाटर लगाउनुको फाईदाः

छालालाई शितलता: चर्को घामले छालामा समस्या ल्याईरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ । 

सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्य तगर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयाेगी रहेकाे छ ।

एन्टी–एजिंग मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरु पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ । यसका लागि कागतीको रसमा महको मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेट पछि सफा पानीले अनुहार पखाल्नुहोस ।