ताजा अपडेट »

स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक

सोमबार, २८ पुस २०७६

पुस २८,
बुटवल । त्रिभुवन विश्वविद्यालयले स्नातक तह बीए तेस्रो वर्षको नजिता आज सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले २०७६ साल जेठ र असार महिनामा संचालित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।