भैरहवा । बजाज कम्पनीले २५ बर्ष पुरा गरेको छ । “नेतृत्वको २५ बर्ष” पुरा गरेको र नयाँ बर्षको अवसर पारेर कम्पनीले “फ्रिलिलि” योजना सार्वजनिक गरेको छ ।
बजाज मोटरसाईकलको यस क्षेत्रको लागि आधिकारीक विक्रेता बज अटोमोबाईल्सले बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि अफर बारे जानकारी गराएको हो । बज अटोमोबाईल्सका प्रवन्ध निर्देशक हरि थापाले बजाजको १२५ सिसि सम्मको मोटरसाईकल खरिदमा उपभोक्ताले १९२ लिटरको सामसुङ्ग फ्रिज निशुल्क पाउने बताए । यो सुविधा १२५ सिसि भन्दा माथिको मोटरसाईकलमा नरहेको उनले जानकारी दिए । “यो आवधिक योजना भएकोले लामो समय जादैन, केही दिनलाई मात्र यो योजना रहनेछ ।” थापाले भने, उनले योजना कहिले सम्म रहने भन्ने मिति नतोकेको जानकारी दिए ।
नेपालमा २ पाङग्रे सवारीको रुपमा लोकप्रिय रहेको बजाज कम्पनीले आफ्नो अन्य सेगमेन्टमा अहिलेको आर्थिक मन्दीलाई ध्यानमा राखेर बिभिन्न योजना ल्याएको थापाको भनाई छ । स्पोर्टस सेगमेन्ट ९१५० सिसि भन्दा बढी० अन्र्तगतको मोटरसाईकलमा कम्पनीले १० हजार सम्मको नगद छुट प्रदान गरिरहेको उनले बताए । यस संगै २५ जना भाग्यशाली ग्राहकलाई १ किलोग्राम चाँदी रहेको छ । यो बाहेक बज अटोमोबाईल्समा हरेक दिन एक्सचेन्ज सुविधा, एक्सचेन्जमा बजार मूल्याङ्कनमा ५ हजार थप छुट लगायतको सुविधा रहेको छ ।
बढ्दो आर्थिक मन्दीलाई हेर्दै कम्पनीले आफै फाईनान्स सुविधा पनि उपलब्ध गराउने जानकारी थापाले दिए । उनले न्यूनतम २५ प्रतिशत डाउन पेमेन्टमै फाईनान्स सुविधा दिईने बताए । यस्तै ५० प्रतिशत डाउन पेमेन्टमा ६ दशमलव ९९ प्रतिशत ब्याजमा फाईनान्स उपलब्ध रहेको उनले बताए ।
प्रतिक्रिया