ताजा अपडेट »

लगानी लगानी कोषले प्रदान गर्यो लुम्बिनी वाणिज्यलाई संस्थागत सामाजिक उत्तरदायित्वको रकम

मंगलबार, १२ बैशाख २०८०

बुटवल । नागरिक लगानी कोषले लुम्बिनी वाणिज्य क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्वको रकम हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना नागरिक लगानी कोषका बुटवल शाखा प्रमुख जयप्रकाश शाहले क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्ययलाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

क्याम्पसको शैक्षिक सुधारको बृद्धिका लागि क्याम्पसलाई सो रकम प्रदान गरिएको र त्यसबाट केही मात्रामा भए पनि क्याम्पसको शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षा रहेको शाखा प्रमुख शाहले बताए । चेक बुझ्दै क्याम्पस प्रमुख उपाध्ययले यस वर्षको संस्थागत सामाजिक उत्तरदायित्वको रकम क्याम्पसलाई प्रदान गरेको धन्यवाद व्यक्त गरे । साथै आफुहरु क्याम्पसको शैक्षिक सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै यस्ता प्रकारका सहयोगबाट थप हौसला मिल्ने बताए ।

लगानी कोषले आफुले आफुले अर्जान गरेको केही प्रतिशत नाफा समाजमा शिक्षा, स्वास्थ्य लगायतका समाजिक कार्यमा खर्च गर्ने गरेको छ । जस अन्तर्गत यस वर्षको संस्थागत सामाजिक उत्तरदायित्वको रकम लुम्बिनी वाणिज्य क्याम्पसले पाएको हो । कार्यक्रममा नागरिक लगानी कोष बुटवल शाखाका नासु प्रकाश गौतमको संचालनमा सम्पन्न भएको थियो ।