तानसेन । नेपाल नगरपालिका कर्मचारी एसोशियसन केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबार पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।
नेपाल नगरपालिका कर्मचारी एसोशियसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीको प्रमुख आतिथ्यतामा तानसेन नगरपालिका स्थित ऐतिहासिक रानीमहलमा नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको विमोचन सहित विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ ।
वैठकले संघीय निजामति सेवा ऐन र प्रदेश सेवा ऐन यथाशिघ्र जारी गर्न सरकारलाई जोडदार माग गर्दै जारी ऐनमा स्थानीय तहका कर्मचारीहरुको भावना र मर्मलाई समेट्नु पर्ने माग गरेको छ । नेपाल नगरपालिका कर्मचारी एसोसियसनको २६ औ स्थापना दिवस देशभरका बैशाख १६ गते सवै पालिकाहरुमा विभिन्न रचनात्मक कृयाकलाप गरि २०८० मनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले त्यस्तै नेपाल नगरपालिका कर्मचारी एसोसियसनको संगठन विस्तार गर्न बाँकी रहेका छ वटा प्रदेशमा प्रदेशस्तरीय सम्मेलन आयोजक समिति कार्यतालिका तयार गरि अभियानको रुपमा अघि बढ्ने र सबै प्रदेश, जिल्ला तथा पालिकाहरुमा संगठन विस्तार गर्ने निर्णय गरेको केन्द्रीय उप–महासचिव चित्रबहादुर विश्वकर्माले बताए ।
त्यसैगरी बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले कर्मचारी र जनप्रतिनिधिको सहकार्यबाट मात्रै नगरवासीमा सरल ढगबाट सेवा प्रवाह हुने हुँदा कर्मचारी जनप्रतिनिधि अन्योन्याश्रित प्रगाढता हुनुपर्ने बिचार व्यक्त गरे । आफ्नो बिचार राख्दै केन्द्रीय अध्यक्ष डम्बर रोगुले स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले कर्मचारी र जनप्रतिनिधि वीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुनु पर्ने बताउदै संधियताको महत्वपुर्ण कडीको रुपमा रहेको बित्तिय संधियताको अपरिहार्यतामा संधिय सरकारले ध्यान पुग्न नसकेकोमा चिन्ता जाहेर गरे ।
बैठकमा स्वागत मन्तव्य एसोसियसनका केन्द्रीय सदस्य एवम् तानसेन नगरपालिका ईकाई अध्यक्ष मधुसुदन घर्तीले तथा संचालन उपमहासचिब चित्रबहादुर विश्वकर्माले गरेका थिए। बैठकमा वरिष्ठ उपाध्यक्ष बद्रीमान नगरकोटी, महासचिव सितु प्रसाद श्रेष्ठ, उपाध्यक्ष जमुना भुजेल, सह कोषाध्यक्ष खगेन्द प्रसाद खतिवडा,सदस्यहरु त्रिलोचन पौडेल, भीम विश्वकर्मा, शुसिल कर्ण, अमर राय, राजन केसी, ज्ञान प्रसाद अर्याल, ठगिश्वर पोखरेल लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया