ताजा अपडेट »

समस्या देखिएको जहाज नेपालमा फोर्स ल्यान्डिङ भएन (यसरी हेर्नुहोस फ्टाइट अपडेट)

सोमबार, ११ बैशाख २०८०

काठमाण्डौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि आकस्मिक अवतरणको प्रयास भए पनि पुनः दुबई तर्फ फर्किएको छ । केही समय काठमाडौंको आकाशमा घुमेपछि पुन दुबईतर्फ लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको थियो अहिले दुबईतर्फ फर्किको विमानस्थल स्रोतले जनाएको छ ।

विमानले नेपालको एयरस्पेस क्रस गरिसकेको उल्लेख गरिएको छ । जहाजमा १६७ यात्रु रहेका छन् । उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा १०ः२४ बजे यो विमान भारतको उत्तरप्रदेश प्रवेश गरिसकेको देखिन्छ । यहाँ क्लिक गरी हेर्नुहोस अपडेट