ताजा अपडेट »

संसदीय समितिको भागबण्डा प्रमुख तीन दलबीच सहमति

सोमबार, ११ बैशाख २०८०

काठमाडौं । प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ ।  

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् । सहमतिअनुसार एमालेले एमालेले तीनवटा समितिको सभापति लिने भएको छ । कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति पाएको छ ।