बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मिति तोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । तुलसीपुर उच्च अदालत बुटवल इजलासमा निर्वाचन स्थगत विरुद्ध परेको रिटेन निवेदनमाथि बहस सकिएपछि मिति तय गर्न सोमबार आदेश जारी गरिएको छ ।
गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगत गरेपछि क्याम्पस विरुद्ध रिट निवेदन परेको थियो । निर्वाचत मिति तोक्नु पर्ने पक्षमा अधिवक्ताद्वय मेघनाथ खनाल र यमलाल खनालले बहस गरेका थिए भने विपक्षमा अधिवक्ता द्वय कृष्ण प्रसाद पाण्डे र रामप्रसाद भुसालले बहस गरेका थिए । अदालतले त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ को दफा १२ (८) अनुसार निर्वाचन स्थगन हुँदा ३० दिन भित्रको मिति तोकी निर्वाचन सम्पन्न गर्नु पर्ने व्यवस्था अनुसार आदेश कार्यान्वयन गर्न भनेको छ ।
‘क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतले संयुक्त रुपमा २०७९।११।२९ मा सुचना प्रकाशित गरी अर्को निर्वाचनको मिति नतोकी निर्वाचनका सम्पूर्ण कार्यहरु स्थगन गरेको देखिएको हुँदा उक्त निर्देशिका एवं सुविधा र उक्त निर्देशिका एवं सुविधा र सन्तुलनको दृष्टीले पनि यथासंभव चाँडो निर्वाचन हुन उपयुक्त देखिंदा निर्वाचन हुने अर्को मिति निर्वाचन सम्बन्धी बाँकी काम कारवाही अगाडी बढाउनु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ ।’– आदेशमा भनिएको छ ।
प्रतिक्रिया