ताजा अपडेट »

बारा–२ मा ४५ प्रतिशत मत खस्यो

आइतबार, १० बैशाख २०८०

बारा । बारा क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ४५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार दिउँसो साढे बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो । 

मतदान कार्य अहिले पनि चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म रहनेछ ।