ताजा अपडेट »

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

शुक्रबार, ०८ बैशाख २०८०

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ । यसअघि बिहीबार प्रतितोला ५०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँ बढेको हो। शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। 
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।  
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 
बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।