ताजा अपडेट »

बेलिब्रिज भाँचिदा चारजनाको मृत्यु, चार जना गम्भिर घाइते

विहीबार, ०७ बैशाख २०८०

सुर्खेत । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लु स्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

अन्य चार जना गम्भिर घाइते भइ उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पुर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन । मृतक र घाइतेहरु सबै पुलमा काम गर्ने मजदुरहरु रहेका छन् । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने उक्त पुल भेरी करिडोरले बनाइरहेको थियो ।