बुटवल । बुटवलमा ‘महिला उद्यमशिलता सम्मेलन २०२३’ हुने भएको छ । यही बैशाख ९ गते शनिबार भि.आई.पि. ग्रुप र सिक्काई नेपालको आयोजनामा पश्चिम नेपालमै पहिलो पटक महिला उद्यमशिलता सम्मेलन हुन लागेको हो । पछिल्लो समय नेपालमा बेरोजगारी समस्या बढ्दै गइरहेको बेला महिलाहरुलाई स्वदेशमै उद्यमशिल हुने प्रेरेणा जगाउने उदेश्य सम्मेलन गरिएको भिआईपी ग्रुपका अध्यक्ष सुन्दर दर्जीले जानकारी दिए ।
बुटवलको योगिकुटी स्थित होटल पौवामा हुने सम्मेलनमा सहभागिताका लागि रजिष्ट्रेशन गर्न सकिने उनले बताए । रजिष्ट्रेशनका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । सम्मेलनमा नेपालकै पहिलो अटो–रिक्सा चालिका लक्ष्मी शर्मा, मिसेस नेपाल वल्र्ड २०२१ की दीक्षा श्री केसी, उद्यमी सोनाली गुरुङ, सृष्टि गुरुङ, रचना क्षेत्री, मिना प्रधान, गिता रानी बलाल, मिनाक्षी न्यौपाने, स्नेहालता राउत थापा, परिना लिम्बु, आनिक राना, हिरा पेग्नी, प्रभा ज्ञवाली, रीता परियार सहित विभिन्न क्षेत्रमा स्थापित महिला उद्यमीहरुको अनुभव सम्मेलनमा प्रस्तुत हुनेछ । सम्मेलनको दुर्गा गुरुङले सहजीकरण गर्ने छिन् ।
काठमाडौं उपत्यका बाहिर पहिलो पटक विभिन्न क्षेत्रमा स्थापित महिला उद्यमीहरुको अनुभव एकै ठाउँमा पहिलो पटक हुन लागेकाले अवसरको फाईदा लिन भि.आई.पि. ग्रुपका सचिव राजकुमार दाहालको आग्रह छ ।
प्रतिक्रिया