युएई । यूएईमा कार्यरत एक नेपालीलाई झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ ।यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ७१ करोड ७७ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको चिट्ठा जित्नुभएको युएईबाट प्रकाशित हुने बिभिन्न संचारमाध्यमले उल्लेख गरेका छन ।
उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठुलो चिट्ठा जित्ने पदम पहिलो सहभागी भएका हुन्। बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भन्नुभएको छ ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’ पदमले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका थिए । उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिएका छन् ।उनले आफूले यसअघि पनि केही मात्रामा यस्तो चिट्ठा रकम जितेको बताए ।।
तर आफूले यति ठुलो रकम जित्छु भन्ने सपनामा समेत नदेखेको पदमको भनाई छ । उनले पहिलो लक्की नम्बर आफ्नो श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफैले राखेको बताए । पदमले आफूले मेहनत गरेर कमाएको रकमबाट पनि विभिन्न सहाय र पीडित व्यक्तिहरूलाई सहयोग गरेको भन्दै अब झन् सहयोग गर्न आफूसँग पैसा भएको भन्दै खुसी व्यक्त गरे ।‘मैले दृष्टि विहीन व्यक्तिहरूलाई पनि सहयोग गरेँ, बुढाबुढी मानिसहरू जो रोडमा हिँडिरहेका हुन्छन् उनीहरूलाई पनि मैले सकेको सहयोग गरेँ’ पदमले भने ‘अब त मसँग ठुलो रूपमा अरूलाई सहयोग गर्न पनि पैसा भएको छ ।’
नेपाली नागरिक पदमले चिट्ठा जितेको सार्वजनिक गरिएको भएपनि उहाको नेपालको ठेगाना र थर भने सार्वजनिक गरिएको छैन । यसअघि गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्रमार्फत झण्डै ३५ करोड रुपैयाँको चिट्ठा जितेका थिए।
प्रतिक्रिया