भैरहवा । बुधबार साँझ रुपन्देहीको अमवामा गोली चलेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाईतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाई छ ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ रगरगन्जका १९ बर्षिय बिरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका हुन । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालका अनुसार घाँस काटन गएको मौका पारी अज्ञात ब्यक्तिले केवटका मोबाईल खोस्न खोजेका थिए ।
“मोबाईल खोसाखोस हुदा केवट सामान्य घाईते भएका छन्, उनि उपचार पछि अहिले डिस्चार्ज भएर घर फर्किसकेका छन् ।” अर्यालले भने “घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौं ।”
प्रहरीलाई घटनाबारे साढे ६ बजे मात्र खबर भएको अर्यालले बताए।
प्रतिक्रिया