ताजा अपडेट »

रुपन्देहीका उद्योगी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित

बुधबार, ०६ बैशाख २०८०

बुटवल । रुपन्देहीका उद्योगी एवं समाजसेवी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका छन । बिगत लामो समय देखि उद्योग व्यवसाय मार्फत राष्ट्रको बिकासमा महत्तवपूर्ण योगदान गरेको भन्दै नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट  ‘सुप्रबल जनसेवाश्री’ पदकले बिभुषित भएका हुन ।

अग्रवाल सिद्धार्थ ग्रुप, अर्घाखाँची सिमेन्ट तथा श्री स्टिल्सका  प्रबन्ध निर्देशक हुन भने सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटा तथा सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक हुन । अग्रवाल नेपाल उद्योग बाण्ज्यि महासंघमा २०७५–७७, २०७७–७९ मा टुई कार्यकाल एसोशियट सदस्यका रुपमा कार्यसमितमा रहेर काम गरिसकेका छन भने हालै सम्पन्न महासंघको निर्वाचनबाट पुनः तेस्रो कार्यकालकालागि एशोसियट सदस्यमा निर्वाचित भएका छन । उनी सिद्धार्थ राउण्ड टेबलका पूर्व अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघ का सल्लाहकार समेत हुन । 

बिगत ३० वर्ष देखि अनवरत रुपमा आफुले उद्योग व्यावसाय मार्फत राष्ट्रको बिकमसमा योगदान गरेवापत यो पदकबाट विभुषितहुन पाउदा अत्यन्तै खुशी लाग्नुका साथै आफनो क्षेत्रबाट राष्ट्रकालागि थप केही गर्न हौषला तथा उर्जा पनि प्राप्त भएको ग्लोबल आवाजसंगको कुराकानीमा अग्रवालले बताए । व्यवसायी अग्रवाल रुपन्देहीमा रहेर राष्ट्रिय स्तरका उद्योग व्यवसायहरु संचालन गर्ने सफल उद्योगीका रुपमा चिनिन्छन । उनी स्थानीय स्तरमा सामाजिक व्यक्तिका रुपमा पनि उत्तिकै सक्रिय छन् ।