बुटवल । बुटवलका उद्योगी खेम श्रीस मगरको आज निधन भएको छ । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सर्फमर उद्योगका सञ्चालक हुन् । ५७ वर्षीय श्रीस उद्योग व्यापार संघ बुटवलका पूर्वअध्यक्ष समेत हुन् ।
प्रतिक्रिया