ताजा अपडेट »

घलेम्दी हाइड्रोपावरले बोलायो साधारणसभा

आइतबार, ०३ बैशाख २०८०

काठमाडौं । घलेम्दी हाइड्रोपावरको नवौं वार्षिक साधारणसभा वैशाख १६ गते बस्ने भएको छ ।सभामा कम्पनीले १ः२ अर्थात २०० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पेश हुनेछ ।सांग्रिला ऊर्जा प्रा.लि. द्धारा प्रवद्र्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि प्रस्तावित हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन वैशाख ६ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

सभा, सासा ब्यांकेट नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।