ताजा अपडेट »

कांग्रेस नेता एनपी साउदले परराष्ट्रमन्त्री आज सपथ लिने

आइतबार, ०३ बैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।