बुटवल । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास नजिकै प्रेसर कुकर बम राखिएको घटनाप्रति काङ्ग्रेस क्षेत्र नम्बर एकले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घिमिरेको निवास नजिकै तार जडित प्रेसर कुकर बम राखेर आतंकित पार्ने कार्यले सिङ्गो पार्टिलाईनै चिन्तित तुल्याएको भन्दै दुख ब्यक्त गरेको छ ।
क्षेत्रीय सभापति हिराबहादुर खत्रीले शनिवार विज्ञप्ती निकालेर उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 'यस्ता अपराधिक कार्यप्रति गहिरो दुःख व्यक्त गर्दै क्षेत्रीय समितिले घटनाको घोर निन्दा गर्दछ ।' खत्रीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
|दशकाैं लामो हिंसाबाट मुक्त भएर शान्तिपूर्ण ढंगले विकास र समृद्धिको यात्रामा अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ।'- खत्रीले बिज्ञप्ती मार्फत भनेका छन्। 'सिङो पार्टी पंक्ति तथा जनप्रतिनिधिलाई त्रसित गराउने यस किसिमको घटनाप्रति सरकारलाई गम्भीर बन्न र घटनाको गम्भीर रुपमा अनुसन्धान गरि दोषीलाई कानुन बमोजिम कार्वाहीकालागि माग गर्दछौ ।' सभापति खत्रीले सरकारसङ्ग माग गरेका छन्।
प्रतिक्रिया