ताजा अपडेट »

मलाई निलम्बन गर्नु सस्तो लोकप्रियताका लागि स्टन्ड : ढाकाकुमार

विहीबार, ३० चैत्र २०७९

बुटवल । राष्टि«य स्वतन्त्र पार्टी रास्वपाका निलम्वित सांसद ढाका कुमार श्रेष्ठले सस्तो लोकप्रियताका लागि आफु माथी अन्याय गरिएको बताएका छन्।

रास्वपाको केन्द्रिय समिती बैठकले उनलाई संसद पदबाट मुक्त गर्ने निर्णय गरेपछि बुधवार राती सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

मेडीकल ब्यवसायी दुर्गा प्रसाईसँग मन्त्री हुनका लागि २ करोड मागेको अडियो सार्वजनिक गरेसंगै चर्चामा आएका ढाका कुमारलाई उनको पार्टीले गठन गरेको अनुशासन समितिको सिफारिसमा बुधवार सांझ पदमुक्त गर्ने निर्णय गरेको थियो। ढाका कुमारले भने उक्त निर्णयका बिरुद्ध अदालत जानेर र न्याय पाउने बताएका छन्।

यस्तो छ ढाका कुमारको श्रेष्ठको स्टाट्स

संविधान र कानुन भन्दा कोही पनि माथी हुदैन। म माथी अन्याय भयो मलाई अदालतले फैसला नगरुन्जेल सम्म निलम्वन गरे पनि मलाई स्विकार्य हुन्छ भनेको थिए तर सस्तो लोकप्रियताका लागि स्टण्ड गरियो।