ताजा अपडेट »

एलिसा बनिन् ‘हिमांशु डिजाइनर्स रन वे २०७९’ को विजेता

बुधबार, २९ चैत्र २०७९

बुटवल । हिमांशु डिजाइनर्स रन वे–२०७९ मंगलवार बुटवलमा सम्पन्न भयो । उक्त रन वेमा एलिसा घर्तीमगर विजेता भएकी छन् भने दर्शकदीर्घाबाट सन्ध्या मल्ल छनौटमा परेकी छन् । सो रन वेमा फष्ट रनर अप गृष्मा पचभैया र सेकेण्ड रनर अपमा निर्मला जीसी विजयी भएका हुन् ।

नेपाली जातीय पहिचानका पोशाकहरुको श्रीवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त रन वे हिमांशु बुटिक एण्ड टे«निङ्ग सेन्टर बुटवलको तेस्रो संस्करण रहेको सञ्चालक हीरा पेग्नी, तामाङले बताइन् । वर्तमानमा नेपाली जातीय पोसाकहरु लोपोन्मुख हुने अवस्थामा रहेको,नयाँ फेसनले पुराना जातीय पोसाकहरुमा गिरावट आएको र नयाँ पुस्ताले नयाँनयाँ फेशन गर्न थालेपछि नयाँ पुस्तालाई पुरानो जातीय पोसाकको पहिचान दिल्याउने हेतूले उक्त डिजाइनर्स रन वे गरिएको र यसले दूरगामी प्रभाव पर्ने प्रमुख अतिथिका रुपमा रहेकी पत्रकार अमृता अनमोलले बताइन् ।

सो रन वेका सहयोगी संस्थाका रुपमा रहेको पौरखी महिला ड्राइभिङ्ग सेन्टरकी सञ्चालक गीतारानी बलाल मगरले डिजाइनर्सको आफ्नो क्षमतालाई विकास गर्ने अवसर र जातीय पोसाकको संरक्षणका लागि उक्त डिजाइनर्स रन वे कोसेढुंगो रहेको बताइन् ।

उक्त कार्यक्रममा फेसन डिजाइनर्स,उनका अभिभावक,मोडल र दर्शकहरुको अपार सहभागिता रहेको थियो । उक्त रन वे कार्यक्रममा कलाकारहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए भने सञ्चालन दुर्गा गुरुङ र सुमन श्रेष्ठले गरेका थिए ।