ताजा अपडेट »

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

मंगलबार, २८ चैत्र २०७९

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा भने ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।