ताजा अपडेट »

मिसन ग्रासरुट : तिनाउका गाउँ-गाउँ एमालेका नेताहरु (फोटो फिचर)

सोमबार, २७ चैत्र २०७९

पाल्पा । नेकपा ( एमाले) रैनादेवी छहरा,पाल्पाकाे वडा नं.६ चहलाफाँट, नयाँ बस्तीमा मिसन ग्रासरुट अभियान साेमवार सम्पन्न भयाे ।

लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् अभियन्ता ओमबहादुर घर्तीमगरले मिसन ग्रासरुट अभियानले जनताका घरदैलामा पुगेर जनताका दुख,सुख बुझ्ने,विकास निर्माणका लागि पहिल गर्ने बताए । अभियानमा पार्टीको नीति,विचार,सिद्धान्त,याेजना तथा कार्यक्रमहरु जनताका बीचमा लैजान अभियान सफल रहेकाे बताए ।

त्यसै गरि पार्टी स्कुल विभाग ,पाल्पाका प्रमुख दलबहादुर गुरुङले अभियानले पार्टी सदस्यहरुकाे सदस्यता नवीकरण र नयाँ सदस्यता अभिवृद्धिमा सहयाेग मिलेकाे बताए । जिल्ला कमिटी पाल्पाका सदस्य झपेन्द्र रायमाझीले स्थानीयहरुलाई पार्टीले विकास निर्माणसँग जाेडेर लैजाने बताए ।

अभियानमा महिला नेता सावित्रा राना,खिमबहादुर साेमरे,प्रेमबहादुर थापाले मिसन ग्रासरुट अभियानले जनता र नेतालाई जाेड्ने काम गरेकाे बताए । अभियानकै क्रममा मानबहादुर पुनकाे अध्यक्षतामा टाेल कमिटी गठन भएकाे छ ।