ताजा अपडेट »

युवा संघको राष्ट्रिय महाधिवेसन आजबाट, ओलीले उदघाटन गर्ने

सोमबार, २७ चैत्र २०७९

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उदघाटन हुदैँछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेसन २७ देखि २९ गतेसम्म जारी रहनेछ । 

नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।