ताजा अपडेट »

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत

आइतबार, २६ चैत्र २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । ‘टीएएमओआर’ संकेतबाट सूचीकृत भएको हो । सानिमा मिडलको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज अर्थात् पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।सूचीकृत पश्चात कम्पनीको सेयर कारोबार सोमबार (चैत २७ गते) देखि खुला हुनेछ ।