ताजा अपडेट »

कतार जानेभन्दा फर्कने कामदार बढी

आइतबार, २७ पुस २०७६

पुस २७,

काठमाण्डौ । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको संख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।

कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कतारमा हुने विश्वकम फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगसँगै त्यहाँ कार्यरत अदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो । –कारोबार दैनिक