बुटवल । पाल्पामा हिजो साझ ७ वर्षिया एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको निस्दी गाउँपालिका ३ झिरबासस्थित सोही पालिका ५ का हिरा बहादुर खन्डलुकको घरमा डेरा गरि बस्ने बेद बहादुर सोतिकि ७ वर्षिया छोरी सुष्मी सोतिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरि शव पोस्टमार्टमका लागि रामपुर अस्पतालमा पठाइएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बिरेन्द्र बहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया