पाल्पा । नेकपा एमाले, पाल्पा-तिनाउ गाउँ कमिटीकाे संयाेजन र २ नम्बर वडा कमिटीकाे व्यवस्थापनमा मिसन ग्रासरुट अभियान उक्त वडाका नुवाकाेट, हाँपुर, महापुर तथा हरियाली गाउँमा शुक्रबार सम्पन्न भएको छ । तिनाउ गाउँ कमिटीका अध्यक्ष राेमबहादुर लम्तरीले पार्टी सुदृढीकरण एवम् सदस्यता विस्तारका लागि मिसन ग्रासरुट अभियान लिएर आफ्नाे पार्टी जनताका घरदैलाेसम्म आईपुगेकाे बताए ।
पार्टीका गाउँ कमिटी उपाध्यक्ष सावित्रा गुरुङले आफ्नाे पार्टीले अभियानका क्रममा विकास निर्माणका कुराहरुलाई समेत जाेड्ने बताईन् । वडा नं. २ का वडा कमिटी अध्यक्ष रामबहादुर थापाले नेकपा एमालेले सञ्चालन गरेकाे ग्रासरुट अभियान सफल पार्न आफ्नाे कमिटी सबैका घरदैलाेमा पुग्ने ,पार्टीका कमिकमजाेरी पत्ता लगाउने , पार्टी कार्यकर्ताहरुका गुनासाे सुन्ने र जस्ताकाे तस्तै प्रतिवेदन जिल्लामा बुझाउने बताए ।
उक्त अभियानमा गाउँ कमिटी उपसचिव लक्ष्मण कुमाल,युवा संघ,तिनाउका प्रमुख विकास अर्याल,टाेल कमिटीका अध्यक्षहरु दिनेश थापा,अमर खड्का,दिनेश जीसी लगायतका कार्यकर्ताहरुले पार्टी र जनतालाई जाेड्ने कार्यक्रम मिसन ग्रासरुट रहेकाे बताउँदै ,याे अभियानले वडा नं २ लाई पार्टीको आधार ईलाका बनाउन सहज हुने समेत बताए ।
अभियान बाँकी टाेलहरुमा चैत्र २७ गतेसम्म निरन्तर सञ्चालन हुने अध्यक्ष रामबहादुर थापाले बताए ।
प्रतिक्रिया