गुल्मी । गुल्मीमा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुने वृद्ध मदाने गाउँपालिका - ६ देउराली बस्ने ८३ वर्षीय ज्ञान बहादुर घर्ती रहेका छन । घरमा एक्लै रहेका घर्तीको आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा जलेर मृत्यु भएको वडा अध्यक्ष मनिराम थापाले जानकारी दिए ।
प्रहरी घटनास्थल पुग्दा घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । गएराती ११ बजे खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको गुल्मीका प्रहरी प्रमुख नविन किशोर प्रधानले बताए । घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया