बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित हुनु भएको छ । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद १० हजार राशीसहित संघले सम्मान गरेको हो ।
पर्यटनको क्षेत्रमा तथा होटल व्यवसायीहरुको पक्षमा कलम चलाएको भन्दै संघले स्थापना गरेको स्व. कालिदास स्मृती अक्षकोषबाट सम्मान गरिएको हो । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल तथा संघका अध्यक्ष रामप्रसाद गौतमले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरे । सम्मानित भुसाल संघका प्रेस सल्लाहकार तथा राज्य टेलिभिजनका समाचार प्रमुख हुन । संघले कार्यक्मको अवसरमा अन्य विभिन्न व्यक्तिहरुलाई फरक-फरक विधामा सम्मान गरेको छ । शनिबारदेखि सुरु संघको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रतिक्रिया