ताजा अपडेट »

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

विहीबार, २३ चैत्र २०७९

कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबार बिहान साढे नौ बजे धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार जरिवाना तोकिएकोमा फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिको टोलीले उनलाई घर नजिकैबाट नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ।