बुटवल । पाल्पामा बाख्रा चराउन गएका एक युवा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका ८ का वडीदमारका ३० वर्षीय हिमबहादुर राना मृत फेला परेका हुन् ।
मंगलबार बाख्रा चराउन गएका उनी घरनफर्केपछि खोजी गर्ने क्रममा रैनादेवी गाउँपालिका–८ खरवारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया