बुटवल । नेकपा एमालेबाट तिनाउ गाउँपालिकामा विजयी जनप्रतिनिधिहरु रहेकाे पालिका सभा दलकाे आयाेजनामा पार्टीका नेता तथा एमाले समर्थित जनप्रतिनिधिहरुकाे संयुक्त बैठक शनिवार तिनाउकाे अर्घाछापमा बसेको छ । पालिका सञ्चालनमा पार्टीसँगकाे समन्वयलाई प्रभावकारी बनाउन र पार्टी विधानकाे धारा ७४ (३ ) र (४) काे कार्यान्वयनका लागि एमाले तिनाउ कमिटीका ईन्चार्ज दलबहादुर गुरुङकाे संयाेजकत्वमा पालिका सञ्चालन समन्वय संयन्त्र गठन भएकाे छ ।
जसका सदस्यहरुमा पालिका कमिटीका अध्यक्ष राेमबहादुर लम्तरी, उपाध्य सावित्रा राना, सचिव ताेया लम्साल, पालिका सभा दलका नेता प्रेम श्रेष्ठ, उपनेता भुवानसिह चिदी र प्रवक्ता यादवप्रसाद अर्याल रहेका छन् । संयन्त्रले पालिका सभा दललाई आवश्यक सहयाेग र पार्टी एवम् जनप्रतिनिधिहरुकाबीच समन्वय गर्ने कामलाई मद्दत गर्ने संयन्त्रका संयाेजक दलबहादुर गुरुङले बताए ।
सभा दलका नेता एवम् तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पार्टी विधान अनुसार गठित संयन्त्रले आफूहरुलाई सहजीकरणमा थप सहयाेग मिल्ने बताए । उक्त कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य ओमबहादुर घर्तिमगरले मिसन ग्रासरुट अभियानमा पार्टीका सबै नेता,कार्यकर्ता र जनप्रतिनिधिहरु गतिशील भएर लाग्नु पर्ने र साेही अभियानकै क्रममा पालिका सञ्चालन समन्वय संयन्त्र गठन गरिएकाे र यसलाई समन्वयकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।
साे कार्यक्रममा रामबहादुर दर्जी, राेमबहादुर लम्तरी, ताेया लम्साल, रामबहादुर थापा, यादवप्रसाद अर्याल, भुवानसिह चिदी, ऐमानसिह चिदी, खडक गाेदार लगायतले तिनाउमा एमालेलाई गतिशील बनाउन सबै नेता, कार्यकर्ता कटिबद्ध भएर लाग्नुपर्नेमा जाेड दिए ।
प्रतिक्रिया