ताजा अपडेट »

१ सय २२ चिनियाँ नागरिकलाई नेपालबाट निष्काशन

विहीबार, २४ पुस २०७६

पुस २४,

काठमाडौं । शंकास्पद गतिवधिमा संलग्नताको आरोपमा पक्राउ लागेका १ सय २२ चिनियाँलाई नेपालले बुधबार चिन पठाएको छ । गृह मन्त्रालयले उनीहरूलाई नेपाल प्रवेशमा ४ वर्ष प्रतिबन्ध लगाउँदै चीनले पठाएको चार्टर जहाजमा पठाएको हो । कुनै पनि प्रवेशाज्ञा (भिसा)मा उनीहरू अब नेपाल आउन पाउँदैनन् । उनीहरू सबैलाई कालोसूचीमा राखिएको छ । अध्यागमन विभागले उनीहरूलाई चार वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

बुधबार साँझ दुई जहाजमा उनीहरुलाई निष्काशन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । अध्यागमन ऐनको दफा (९१) (क) मा अध्यामगनको प्रचलित कानुनविपरीत कार्य गरेबापत दण्डसजाय भोगिसकेका प्रवेशाज्ञा (भिसा) लिनुपर्ने अवस्थाका विदेशीलाई महानिर्देशकले नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी पुनः नेपाल प्रवेश गर्न नपाउने नगरी नेपालबाट निष्काशन गर्ने आदेश जारी गर्न सक्ने उल्लेख छ । –अन्नपुर्ण पोष्ट