पुस २४,
काठमाडौं । सर्वोच्च अदालतले बन्द इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण गोप्य राख्नुपर्ने मुद्दासँग सम्बन्धित सूचना सम्प्रेषण नगर्ने नीति लिएको छ । न्यायपालिकाको सूचना तथा सञ्चार नीति २०७६ जारी भएसँगै अदालतले अब ४ किसिमका सूचना उपलब्ध नगराउने नीति लिएको हो । संवेदनशील सूचनाको वर्गीकरण गर्दै सूचना दिन बाध्य नहुने व्यवस्था सो नीतिमा गरेको छ ।
मुद्दाको पक्ष सरोकारवाला र सम्बन्धित कानुन व्यवसायीबाहेक अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित सूचनामा प्रतिबन्ध लगाएको छ । अपराधको अनुसन्धान, तहकिकात र अभियोजनमा प्र्रत्यक्ष असर पर्ने सूचना नदिने नीति न्यायालयको छ । यसैगरी, व्यक्तिगत जीवन र व्यक्तिको जीवन, स्वास्थ्य र सुरक्षामा खतरा पु¥याउने सूचना गोप्य राख्ने नीति न्यायालयको छ । न्यायिक समाचार सम्प्रेषणका लागि अदालत पुग्ने पत्रकारले मर्यादित पोसाक लगाउनुपर्ने व्यवस्थासमेत सञ्चार नीतिमा उल्लेख छ । सूचना प्रवाह वा समाचार संकलनका लागि आवश्यक क्यामरा वा भिडियो क्यामरा वा श्रव्यदृश्य लिन मिल्ने अन्य साधन अदालतमा लैजानुपर्ने भएमा अदालतबाट पूर्व अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।
‘न्याय सम्पादनसम्बन्धी कामकारबाहीको सिलसिलामा गरेको कुनै निर्णय, आदेश वा कामकारबाहीको विषयप्रति व्यक्तिगत स्वार्थ वा दुराग्रह राखी अदालत, न्यायाधीश, कानुन व्यवसायी वा कर्मचारीउपर व्यक्तिगत लाञ्छना लाग्ने वा न्यायपालिकाको विश्वसनीयतामा आँच आउने गरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख रचना प्रकाशन तथा प्रसारण गर्न पाइनेछैन,’ सञ्चार नीतिमा भनिएको छ । –नेपाल समाचारपत्र
प्रतिक्रिया