ताजा अपडेट »

स्ववियु निर्वाचनका लागि आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने

शनिबार, ०४ चैत्र २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो।