ताजा अपडेट »

नेपालले विश्वकप छनोटमा स्थान बनाउँदा अर्घाखाँचीमा विजयोत्सव

शुक्रबार, ०३ चैत्र २०७९
1 Shares

अर्घाखाँची । नेपालले युएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकपमा स्थान बनाएको खुसीयालीमा अर्घाखाँचीमा विजयोत्सव मनाइएको छ ।नेपालले युएइलाई ९ रनले पराजित गर्दै जिम्बाबेवेको यात्रा तय गरेको खुसीयालीमा जिल्ला सदरमुकाम सन्धिखर्कमा युवाहरुले मोटरसाइकल र्‍याली गरेका हुन् ।दिनभर विभिन्न ठाउँमा बसेर खेल हेरिरहेका युवाहरू खेल सकिएपछि स्वत:स्फूर्त एकीकृत भएका थिए । स्वत:स्फूर्त जम्मा भएका युवाहरूले नेपालको पक्षमा नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

मोटरसाइकल र्‍यालीमा स्थानीय जनताको स्वत:स्फूर्त सहभागी भएका थिए ।