ताजा अपडेट »

जुम बैठकमा यौनजन्य हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन जयप्रकाश दत्त निलम्बित

विहीबार, ०२ चैत्र २०७९

चितवन । जुम बैठक चलिरहेको बेला महिला कर्मचारीलाई तानेर यौनजन्य हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयका डीन जयप्रकाश दत्त निलम्बन भएका छन् । जुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गर्ने डीन जयप्रकाशलाई निलम्बन गरिएको हो ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वन विज्ञान विश्वविद्यालयले बिहीबार प्रेस वक्तव्य जारी गर्दै कार्यकक्षभित्रै अनैतिक हर्कत गर्ने डीनलाई निलम्बन होइन बर्खास्त गर्न माग गरेको थियो । उपाध्यक्ष सरोज सापकोटा र सचिव डा. हिमाल लुइटेलले जारी गरेको विज्ञप्तिमा दत्तलाई बर्खास्त नगरे सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिइएका थिए ।