गुल्मी । गुल्मीमा ११ मध्ये स्ववियु निर्वाचनका लागि उमेदवारी दिएका १० वटा क्याम्पसमा नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानले ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व हाँसिल गरेका छन् । एमाले निकट अनेरास्ववियुले ३ वटा र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले ३ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएका हुन । नेपाली कांग्रेस निकट नेवि संघले भने एउटा रुरु संस्कृति क्याम्पसमा मात्र नेतृत्व हात पारेको छ ।
मानका टिकराम क्याम्पसमा अनेरास्ववियुका आकाश खरेल स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएका छन । सोही संगठनका अस्मीता भण्डारी सत्यवती क्याम्पसमा, रिडी क्याम्पसमा सोही संगठनकी गंगा कुँवर सभापतिमा निर्विरोध भएकी हु्न । त्यस्तै अखिल (क्रान्तिकारी) की प्रभा पौडेल चन्द्रकोट क्याम्पसमा, धुर्कोट परमानन्द भण्डारी क्याम्पसमा ईन्द्र पोखरेल र पुर्कोटदहको जनज्योति क्याम्पसमा पनि सोही संगठनका जिवन पौड्याल सभापतिमा निर्विरोध निर्वाचित भएका छन । सभापति पाएको संगठनमा संयुक्तको अर्को संगठनले स्वतः सचिव पाउने सहमति रहेको छ ।
अब जम्मा तीन वटा क्याम्पस श्रृगेश्वर, रेसुङ्गा र रुद्रवती क्याम्पसमा मात्रै निर्वाचन हुँदैछ । श्रृङ्गेश्वरमा तीन वटै संगठनले उमेदवारी दिएका थिए तर पछिल्लो चरण नेवि संघले क्रान्तिकारीलाई सघाउने र पदाधिकारी र सदस्य बाँडफाँडमा तालमेल गर्ने सर्तमा उमेदवारी फिर्ता लिएको सो संगठनका जिल्ला सदस्य बालेन श्रेष्ठले बताए ।
२०७३ मा त्यस क्याम्पसमा अखिल क्रान्तिकारीले जित हाँसिल गरेको थियो । त्यति बेला त्यो सहित धुर्कोट परमानन्द र पुर्कोटदहको जनज्योति क्यापसमा जित हाँसिल गरेर जिल्लाको पहिलो संगठन अखिल क्रान्तिकारी बनेको थियो । अहिले तीन वटामा निर्विरोध सहित श्रृंगेश्वरमा पनि जित हाँसिल गरेर पहिलो संगठन बन्ने निश्चित जस्तै भएको दावी गर्छन अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष घनाश्याम खरेल । प्रदेशभर ९ वटा क्याम्पसमा उनको संगठनले निर्विरोध जित हाँसिल गरेको र थप एकादुईमा पनि निर्विरोध नेतृत्व लिने सम्भावना रहेको उनको भनाई छ ।
सबभन्दा पेचिलो रेसुङ्गामा
बढी प्रतिष्ठाको विषय बनाउने र निकै पेचिलो मानिने सदरमुकाममा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस चैत्र ५ गते अगावै चुनावमय बनेको छ । स्ववियु निर्वाचनप्रति विद्यार्थी निकै उत्साहित भएको बताउँछन । मतदाता बिद्यार्थीहरुको माग के छ त रु भन्ने प्रश्नमा विद्यार्थीहरुले शुल्क घटाउनु पर्ने , प्रबिधीयुक्त अध्यानको ब्यबस्था हुनु पर्ने , क्याम्पस बस सञ्चालन हुनु पर्ने लगायतका माग रहेको बताउँछन । ।
क्याम्पसमा नेवि संघबाट सभापतिका उमेदवार हुन पुनाराम घिमिरे । नेवि संघ एक्लै भिडे पनि जित हाँसिल गर्ने उनको दावी छ । सचिवमा त्यस प्यानलबाट सुदिप क्षेत्री छन । यता अनेरास्ववियुबाट नविन अर्याल सभापति र सचिवमा क्रान्तिकारीका हुमाकान्त पोखेरल उमेदवार छन । बाम गठन्धनले त्यस क्याम्पसमा लगतार तीन पटक सम्म स्ववियु निर्वाचनमा जित हाँसिल गर्दै आएको छ । यसर्थ यसपाली पनि जित सुनिश्चिताको दावी गर्छन अर्याल ।
रेसुङ्गा क्याम्पसमा पुरुषको संख्या न्युन छ । एक त विद्यार्थी संख्या घट्दो छ । क्याम्पस प्रमुख हरिबहादुर खत्रीका अनुसार कुनै समय १३ सय सम्म बिध्यार्थी हुने गरेकोमा अहिले ७६२ जना मात्र रहेका छन । ती मध्ये महिलाको संख्या झण्डै ८० प्रतिशत रहेको बताईन्छ । पुरुष संख्या घटनुको कारक बेरोजगारी भएको प्राध्यापकहरु बताउँछन ।
यी दुई क्याम्पसमा भिड्ने यी हुन
रानीवासमा रहेको श्रृङ्गेश्वर क्याम्पसमा अनेरास्ववियुबाट सभापति पदका उमेदवार कमल पुरी रहेका छन । सचिव सचिव सरिता गन्धर्व रहेकी छन । अखिल क्रान्तिकारीबाछ सभापतिका उमेदवार हुन बिशाल थापा ।
सचिव पदका उमेदवार हुन अनिष सुनार । यस क्याम्पसको स्ववियु निर्वाचनको भिडन्त पनि रोमञ्चक हुँदै आएको छ । त्यस्तै वामीटक्सारमा रहेको रुद्रवती क्याम्पसमा अनेरास्वुवियुको संयुक्त प्यानलबाट सभापतिका उमेदवार अनिष पाठक रहेका छन । सचिवमा दिप्सन छिनाल रहेका छन । नेवि संघबाट सभापतिका उमेदवार भुवन काफ्ले हुन । सचिव कर्ण बहादुर नेपाली भिड्दैछन ।
प्रतिक्रिया