ताजा अपडेट »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

बुधबार, ०१ चैत्र २०७९

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।

आजको बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन र समसामायिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।