ताजा अपडेट »

आईसीसी विश्वकप लिग-२ : पिएनजी र युएई खेल्दै

बुधबार, ०१ चैत्र २०७९

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज बुधबार पपुवान्युगिनी (पीएनजी) र युनाइटेड अरब इमिरेट्स (युएई) खेल्दैछन्। जारी लिग प्रतियोगितामा पिएनजीका लागि आजको खेल अन्तिम हो भने युएईले आजको खेलपछि भोली नेपालसँग अन्तिम खेल खेल्ने छ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ मा सुरू हुँदै छ। लिग–२ सिरिजमा युएईविरुद्ध हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद समाप्त गर्न चाहन्छ। युएई पनि पीएनजी माथि फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जीवितै राख्न चाहन्छ।

पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ। पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुच्छारमा छ। युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ। युएई ३१ अंक जोडेर अंक तालिकाको छैठौं स्थानमा छ।