ताजा अपडेट »

सुनको भाउ बढ्यो

मंगलबार, ३० फागुन २०७९

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।