ताजा अपडेट »

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

मंगलबार, ३० फागुन २०७९

चितवन । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेको छ ।जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला ताेडन सुरु गरेको हो ।चितवन प्रहरीका  डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका  छन । चितवनका अन्य क्याम्पसहरुको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिए । 

चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरुलाई समेत ताला तोडर निर्वाचन प्रक्रिया सहज बनउन अनुराेध गरेकाे छ ।