पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीबाट नेकपा एमालेले मिसन ग्रासरुट अभियान सोमवारदेखि सुरु गरेको छ । अभियानमा संघीय सांसद एवम् एमाले पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले पार्टीको मिसन ग्रारुट अभियानले जनतासँग एकाकार रहन र उनीहरुका गुनासो, समस्याहरु सुन्न आफूहरु जनताका घरदैलामा पुग्ने अवसर प्राप्त भएको बताए ।
देशको समृद्धिका लागि नेकपा एमालेको खाँचो रहेको बताउँदै उनले जनतासँग घरदैलोमा पुगेर उनीहरुका समस्याहरुलाई मिहिन तरिकाले बुझ्ने अवसर प्राप्त भएको र समाधान गर्न आफ्नो पार्टी कटिबद्ध रहेको उल्लेख गरे । केन्द्रीय सदस्य सावित्रा अर्यालले अभियानमा सहभागीहरुलाई सम्बोधन गर्दै महिलाका सार्थक सहभागिताप्रति कृतज्ञता प्रकट गरिन् । उनले महिला अधिकारलाई संरक्षण गर्दै अघि बढ्नका लागि पार्टीले साथ दिने बताईन् ।
उक्त अभियानमा प्रदेश कमिटीका सदस्य गोपाल पौडेल, जिल्ला सचिवालय सदस्य दलबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य झपेन्द्र रायमाझी, डीबी गाहा, रामप्रसाद ज्ञवाली, रेमबहादुर राना, कृष्णबहादुर गाहा लगायतले मिसन ग्रासरुट प्रभावकारीरुपमा सञ्चालन गर्न पार्टीका सबै सदस्यहरु निरन्तरुपमा क्रियाशील हुनुपर्ने बताए ।वडा कमिटीले चैत्र ८ देखि १८ गतेसम्म टोलटोलमा अभियान सञ्चालन गर्न कार्ययोजना तयार समेत गरेको वडा कमिटीका अध्यक्ष दिलबहादुर सिंजालीले बताए ।
प्रतिक्रिया